युनिक नेपाल बर्दिया र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको संयुक्त आयोजनामा व्यवसायिक कुखुरा पालन सम्बन्धी ३ दिने तालिम शुरु भएको छ। तालिम युनिक नेपालका सचिव श्री निर्मला चौधरी ज्यूको सभापतित्व र गेरुवा गाउँपालिका ३ का वडा अध्यक्ष श्री निर्मल थारु ज्यूको प्रमुख आतिथ्यमा उत्घाटन भएको हो। उक्त कार्यक्रम गेरूवा गाउँपालिका ३ शान्ति बजारमा चलिरहेको छ।